समानुपातिकतर्फ एक करोड २२ लाख मत खसेको मध्ये एमाले पहिलो, एमालेलाई पछ्याउँदै काँग्रेस

काठमाडौँ : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको जारी मतगणनामा नेकपा (एमाले) अग्र स्थानमा छ ।

निर्वाचन आयोगको मत परिणामअनुसार एमाले छ लाख ४५ हजार ९८५ मतका साथ पहिलो स्थानमा छ । एमालेलाई पछ्याउँदै नेपाली काँग्रेसले छ लाख सात हजार ५६९ मत ल्याई दोस्रो स्थान हासिल गरेको छ ।

त्यस्तै नेकपा (माओवादी केन्द्र) दुई लाख ७८ हजार २२६ मतसहित तेस्रो स्थानमा छ भने चौथो स्थानमा रहेको विवदेकशील साझा पार्टीले ३८ हजार ४३२ मत पाएको छ ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३६ हजार ९७२, संघीय समाजवादी फोरमले ३५ हजार ९५८, राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले २९ हजार १७५, नयाँ शक्ति पार्टी नेपालले २५ हजार २५७, राप्रपा (प्रजातान्त्रिक) ले १३ हजार ९४८ र राष्ट्रिय जनमोर्चाले १२ हजार ७८४ मत ल्याएको छ । समानुपातिकतर्फ एक करोड २२ लाख मत खसेको आयोगले जनाएको छ ।

(Visited 5 times, 1 visits today)

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*