संसार कै पहिलो रोबोट नेता, २०२० मा चुनाव लड्ने तयारीमा

केही समयअघिसम्म हामी रोबोटको काम कुनै न कुनै प्रयोगका लागि गरिन्छ भन्ने सुन्दै आएका छौं । तर, अहिले रोबोटसँग जोडिएर यस्ता खबरहरु आइरहेका छन् कि जसले कम समयमै निकै चर्चा बटुलिरहेको छ । तपाईलाई बताऔं कि न्यूजिल्याण्डका वैज्ञानिकहरुले रोबोटका एक नेता बनाएका छन् । यसमा नेतामा हुनुपर्ने सबै खुबीहरु हुनेछन् । जुन संसारमा यस प्रकारको पहिलो रोबोट हुनेछ ।

यस रोबोटको नेताको नाम ‘सैम’ हो । यसले स्थानीय मुद्दाहरु जस्तै शिक्षा, आवास, स्वास्थ्यजस्ता विषयमा कुरा गर्न सक्छ । यदि भविष्यमा सहमति भएमा यसले चुनाव पनि लड्न सक्नेछ ।

‘सैम’को निर्माण न्यूजिल्याण्डका ४९ वर्षीय उद्यमी निक गरिसनले गरेका हुन् । उनका अनुसार हाल राजनीतिमा केही पूर्वाग्रह छन् जसकारण संसारका देशहरुले जलवायु परिवर्तनजस्ता जटिल मुद्दाको हल गर्न सकिएको छैन ।

अहिले आर्टिफिसियल इंटेलिजेन्स (एआई)वाला यो राजनीतिज्ञ फेसबुक म्यासेन्जरको माध्यमबाट लगातार मानिसहरुलाई प्रतिक्रिया दिन सिकिरहेको छ । यसबाहेक यसले विभिन्न सर्वेमाथि चासो राखिरहेको छ ।

न्यूजिल्याण्डमा सन् २०२० को अन्तिममा आम चुनाव हुनेछ । सैम एक प्रत्यासीको रुपमा त्यसबेलाको निर्वाचनमा मैदानमा उत्रनका तयार हुने गेरिसनले एक पत्रिकालाई बताए । कानुनी रुपमा त्यसो नहुन सक्ने बताइएको छ । सैमले कानुनी सीमामा रहेर एक सहयोगीको भूमिका भने निभाउन सक्नेछ । एजेन्सी 

(Visited 7 times, 1 visits today)

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*