श्रीमानलाई धोका दिँदै अबैध सम्बन्ध, त्यही प्रेमीलाई पनि धोका दिँदै अर्कोसँग लाग्दा…

श्रीमानलाई धोका दिँदै अबैध सम्बन्ध, त्यही प्रेमीलाई पनि धोका दिँदै अर्कोसँग लाग्दा…

एजेन्सी। आफ्ना श्रीमानलाई धोका दिँदै अर्कै युवकसँग अबैध सम्बन्ध बनाएकी महिलाले ती युवकलाई पनि धोका दिँदै अर्कै युवकसँग लागेपछि उनको ज्यानै गएको छ । दुई दिनअघि ती महिलाको शव भेटिएपछि प्रहरीले थालेको अनुसन्धानमा यस्तो खुलेको हो ।

तीन बच्चाकी आमा ती महिलाको तीन वर्षदेखि अर्कै युवकसँग अबैध सम्बन्ध थियो । महिलाले ती युवकलाई पनि धोका दिँदै अर्कै युवकसँग सम्बन्ध बढाएपछि तिनै प्रेमीले हत्या गरेको प्रहरीले जनाएको छ । भारतको गुजरात राज्यको सुरत शहरनजिकै कामरेज गाउँमा ती महिलाको हत्या भएको थियो ।

वर्षा जाला नामकी ती महिला आफ्ना पति प्रविण र तीन बच्चासमेत त्यहाँ बस्दै आएकी थिइन् । तीन वर्षदेखि उनको त्यहीँका भरत जानकी दास अग्रवालसँग प्रेम सम्बन्ध पनि थियो । पछिल्लो समय वर्षाले अर्का युवक राजु आहिर नामका युवकसँग पनि प्रेम सम्बन्ध बढाइन् । भरतले वर्षालाई यसो नगर्न धेरै सम्झाउँदा पनि नमानेपछि आफूले हत्या गरेको बताएका छन् ।

(Visited 25 times, 1 visits today)

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*