श्रीमतीको लागि लैजाँदै गरेको ‘गिफ्ट’ जाँच गर्दा एयरपोर्टमा सुरक्षाकर्मीको भागाभाग

श्रीमतीको लागि लैजाँदै गरेको ‘गिफ्ट’ जाँच गर्दा एयरपोर्टमा सुरक्षाकर्मीको भागाभाग

श्रीमतीको लागि लैजाँदै गरेको ‘गिफ्ट’ जाँच गर्दा एयरपोर्टमा सुरक्षाकर्मीको भागाभाग

श्रीमतीको लागि लैजाँदै गरेको ‘गिफ्ट’ जाँच गर्दा एयरपोर्टमा सुरक्षाकर्मीको भागाभाग
एजेन्सी। तपाई कुनै अर्को शहर घुम्न जाँदा त्यहाँका सुन्दर चीजहरु आफूसँग ल्याउनुहुन्छ । तर चीनमा एक व्यक्तिले आफ्नी श्रीमतीको लागि यस्तो चीज किनेर लिएर हिँडेका थिए जसलाई देख्दा एयरपोर्टमा सुरक्षाकर्मीकै भागाभाग भएको छ ।

सुरक्षा जाँचका क्रममा सुरक्षाकर्मीले उनको झोला खोलेर हेर्दा उनीहरु आत्तिएर चिच्याउन थालेका छन् । एयरपोर्टमा भएका मानिसहरु उनको झोला हेर्नासाथ चकित परे ।

चीनको गुआंग्डोंगको एयरपोर्टमा एक जोडीको लगेज जाँच गर्दा त्यहाँ भएका मानिसहरु आत्तिएर चिच्याउन थाले । केही मानिसहरु डराएर भागे । एयरपोर्टका सेक्युरिटी अफिसरहरुले उनको झोलामा केही किराजस्तो चीज चलिरहेको देखे ।

एक महिला अफिसरले उनको ब्याग खोल्नासाथ आत्तिएर चिच्याइन् । उनको आँखाबाट आँसु निस्कियो । वास्तवमा उनको ब्यागमा साङ्ला भरिएका थिए ।

अफिसरहरुले यसरी ब्यागमा साङला (कक्रोच) भरेर लैजानुको कारण सोध्दा उनीहरु झनै चकित परे । ती व्यक्तिले यी साङ्ला आफ्नी श्रीमतीको लागि लैजाँदै थिए ।

उनका अनुसार उनकी श्रीमतीलाई छालाको रोग थियो । यो समस्यामा प्रयोग गरिने औषधी बनाउनका लागि साङ्लाको उपयोग हुन्थ्यो । यो औषधी अनुहारमा लगाउँदा राहत मिल्ने उनले बताए । उनकी श्रीमतीलाई के रोग छ भन्नेबारे भने उनले बताएनन् ।

उनले आफ्नी श्रीमतीलाई यतिसम्म माया गर्ने थाहा पाएर सुरक्षाकर्मीलाई उनीप्रति सहानुभूति भने भयो । तर, सुरक्षाकर्मीले उनलाई साङ्ला लैजाने अनुमति भने दिएनन् साभार।http://sagarmathapost.com

(Visited 8 times, 1 visits today)

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*