“ युवतीहरुले गोप्य अंग कसरी सफा गर्ने ” ? वरिष्ठ स्त्री रोग विशेषज्ञ डा अचला वैद्यको टिप्स

डा. अचला वैद्य, वरिष्ठ स्त्री रोग विशेषज्ञ/

धेरैले नुहाउनुलाई मात्र सरसफाइ भन्छन् । तर, बाहिरी सफाइसँगै यौनांगको सफाइबारे धेरैले चासो राख्नैनन् ।

बालिकादेखि वृद्ध महिलासम्मले यौनांग सफाइ गर्ने तरिका र महत्वबारे बुझ्नु जरुरी हुन्छ । हामीले प्रजनन उमेरका युवतीको यौनांगको सफाईबारे कुरा गर्दै छौं । पिसाव फेरेपछि वा दिसा गरेर धोएपछि चिसैमा कट्टु लगाउँदा पानीको संक्रमण हुन्छ ।

फंगल इन्फेक्सन हुन्छ, जसका कारण योनीमा दहीको छोकरा जस्तो सेतो वस्तु जम्मा भइरहेको हुन्छ । त्यसकारण प्रत्येक पल्ट ट्वाइलेट गएर पिसाव वा दिसा गरेर धोएपछि टिस्यु पेपरले पुछेर सुक्खा बनाएपछि मात्र भित्री कट्टु लगाऊनुपर्छ ।

देब्रे हातले दिसा धुने र दाहिने हातले अगाडिको भाग धुने गर्नुपर्छ । किनकि यो तरिका सधैं काम लाग्छ ।

(Visited 8 times, 1 visits today)

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*