यस्तो मन्दिर जहाँ गर्मीमा शिव–पार्वतीको प्रतिमा अलग हुन्छ, जाडोमा जोडिन्छ !

यस्तो मन्दिर जहाँ गर्मीमा शिव–पार्वतीको प्रतिमा अलग हुन्छ, जाडोमा जोडिन्छ !

एजेन्सी, भदौ १५
शिव भगवान्लाई देवका पनि देव भएकाले महादेव पनि भनिन्छ । नेपाल, इन्डिया र संसारका अनेकौं राष्ट्रमा शिव भगवान्का मन्दिर अनगिन्ती छन् । र, उनलाई मान्ने पनि निकै छन् ।

तर, संसारमा यस्तो शिव मन्दिर पनि छ, जहाँ जाडोमा शिव–पार्वती जोडिने र गर्मीमा अलग हुने गर्छन् ।

हो, कुरा भारतको हिमाञ्चल प्रदेशको काठगढ क्षेत्रमा अवस्थित मन्दिरको हो, जहाँ शिव–पार्वतीको एउटा मूर्ति ऋतु परिवर्तनसँगै अलग हुने अनि नजिकिने गर्छ । यो मन्दिर २३ सय वर्षभन्दा पुरानो मानिन्छ ।

ग्रह तथा नक्षत्रका अनुसार उक्त मूर्ति दुई भागमा विभाजित हुन्छ । शिवरात्रिको दिन मिलन हुन्छ । यो शिवलिंग कालो र खैरो रङको छ । जहाँ शिवको उचाइ ८ फिटको छ भने पार्वतीको उचाइ ६ फिटको छ ।

 

प्राचीन मान्यताअनुसार त्रेतायुगमा भगवान् रामका भाइ भरतले पनि यस मूर्तिको पूजा गरेका थिए । शिवलिङ्गको दुई भाग चन्द्रमाको प्रभावले घटबढ गर्छ । जसले गर्दा शिव–पार्वती मौसम परिवर्तनसँगै अलग हुन्छन् भने फेरि सँगै जोडिन्छन् ।

(Visited 8 times, 1 visits today)

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*