मोबाइल फोन पानीमा पर्‍यो ? अब के गर्ने ? हेर्नुहोस् यी उपायहरु

सबैलाई आफ्नो मोबाइल तथा ग्याजेट्स पानीले भिज्ला भन्ने डर हुने गर्छ । वर्षाको मौसम भएको कारणले मोबाइल लगायत ग्याजेट्स भिज्ने जोखिम हुन्छ । यदि तपाईले सावधानी अपनाउद अपनाउदै तपाइको मोबाइल भिज्यो भने के गर्ने । आज हामी तपाईलाई यस समस्याबाट कसरी सुरक्षित हुने भन्ने उपायहरू भन्न गईरहेका छौ :

१. यदि तपाइको मोबाइल पानीमा भिज्यो भने सबैभन्दा पहिला आफ्नो मोबाइल अफ गर्नुस र ब्याट्री र सिम लगायत मेमोरी कार्ड झिक्नुहोस । यसपछि यसलाई तुरुन्त कुनै सुख्खा कपडामा राख्नुस ।

२. भिजेको मोबाइललाई सुख्खा र नरम कपडाले पुस्नु र भयाकुम क्लिनरको सहयातबाट पानी बाहिर निकाल्नुहोस् । भयाकुम क्लिनरको सट्टा तपाई हेयर ड्रायर पनि प्रयोग गर्न सक्नु हुन्छ ।

३. मोबाइल हावा नछिर्ने भाँडोमा राख्नुहोस् जस्तै चामलको भाँडो । यसमा राख्नाले चामलले मोबाइलको पानी सोस्ने गर्छ।

४. मोबिले भिजिसके पछि यसलाई फेरी सुचारु गर्न तपाइले करिब २४ घण्टा कुर्नुपर्छ । २४ घण्टा पछि यसको पानी निकाल्न सकिन्छ । तपाइको मोबाइल सुख्खा छ र यस भित्र पानी छैन भने यसलाई तपाई अन गर्न सक्नु हुन्छ ।यदि यसो गरेमा पनि तपाइको मोबाइल फोन अन भएन भने मर्मत केेन्द्र लाग्नुहोस ।

५. मोबाइलको ब्याट्रीहरुमा प्राय सेतो स्टिकर लगाईएको हुन्छ र यो पानीमा भिजेपछि आफै रातो हुने गर्छ यदि तपाइको ब्याट्रीको स्टिकर भिजेको छैन भने तपाइको मोबाइलको वारेन्टीले काम गर्छ ।

(Visited 11 times, 1 visits today)

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*