बाम गठबन्धनको सरकार बन्ने तयारी हुंदै गर्दा यि माता भन्छीन “मेरो ओठ फुट्यो अब देशमा अनर्थ हुन्छ”, यिनका कुरामा पत्याउने आधार केहि छ ?

काठमाडौं । पुस १ । सबिता आचार्य नाम गरेकी एक नेपाली माताले आफनो ओठ फुटेकाले देशमा अनर्थ हुने बताएकी छन् । समानुपातीक प्रणालीको मतगणना अन्तीम भई नयाँ सरकारको गठन हुन लागेको पुर्व सन्ध्यामा सविता आचार्य नाम गरेकी ति माताले भनिन मेरो ओठ फुट्यो अब देशमा अनर्थ हुन्छ । उनि भन्छीन पहिला पनि मेरो ओठ फुटदामा नेपालमा भुकम्प गएको थियो ।

सामाजीक सञ्जाल मार्फत सार्वजनीक भएका उनको यो भनाईलाई हाँसी मजाकको रुपमा लिइएको छ । मेडिकल साइन्समा ओठ फुटनु भनेको चिसोको मुख्य कारण हो । अहिले जाडोको मौसम भएकाले मानिसको ओठ फुटनु, औलाका टुप्पाका छालाहरु निस्कनु र धाँटी दुख्नु स्वभावीक हो । डा. सुरेन्द्र प्रधान भन्नुहुन्छ अहिले त ओठ फुटने मात्र होइन मौसम परिवर्तनको कारण भाइरलको समस्या बढदो छ ।

डा. प्रधानको भनाईलाई आधार मान्ने हो भने पनि यि सबिता नामकी माता मंगल ग्रहबाट आएकी होइनन् । हामीजस्तै सामान्य मानिसनै हुन् र यिनको ओठ फुटनु र देशमा अनिष्ट हुनु संयोग बाहेक केहि होइन् ।

(Visited 7 times, 1 visits today)

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*