देउवाले विश्वास गरेका ज्योतिषी वाम गठबन्धनको चुनाव चिह्नमा छाप लगाउने त परेनन् ?

प्रधानमन्त्री शेरबहादुर देउवा हाल गृहमन्त्रीको पनि कार्यभार सम्हालिरहेका छन् । विगतमा आफूमाथि लागेको अक्षमको दाग धुन पनि उनले दुई–दुईवटा भारी बोकेका हुन सक्छन् । तर, आफ्नै ज्योतिषीका कारण उनको योजना विफल होलाजस्तो पो लाग्न थाल्यो ।
चुरोटसमेत ज्योतिषीको सल्लाहमा सल्काउने देउवा । ज्योतिषीले भनेबमोजिम नै चुनावी तयारीमा लागेका हुन् । ज्योतिषीले ‘नयाँ प्रधानमन्त्री तपाईं नै’ पनि भनेछन् ।

तर, भविष्यदर्शी धुरन्धर ज्योतिषीले भने चुनावअघि कहाँकहाँ कहिले बम हानिनेछन्, कताकता पड्किनेछन् भनेर देउवालाई नभनेकामा भने सायद गहिरो रहस्य छ । भात खानेदेखि शौच गर्नेसम्मको सु–साइतको सल्लाह दिने ज्योतिषीले किन यो कुराचाहिँ नभनेका होलान् ? कतै उनले विश्वास गरेका ज्योतिषी वाम गठबन्धनको चुनाव चिह्नमा छाप लगाउने त परेनन् ?

(Visited 9 times, 1 visits today)

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*