दलाल द्वारा झुक्याएर इराकमा बेचिन पुगेकी नेपाली चेलीको पुकार, मलाई बचाउनुस (भिडियो हेर्नुहोस)

दलालको जालमा परेर इराकमा बेचिएकी नेपाली युवती मिडियाको सम्पर्कमा आएकी छिन । सिन्धुपाल्चोक निवासी कान्छी तामाङ्गलाई करिब १० महिना अगाडी एजेण्डहरुले अर्कै देश भन्दै इराक पुराएका थिए । त्यहाँ पुराए पछी सुरुका दिनमा त उनले तलव पनि पाइन् तर पछिल्लो ४ महिना उनलाई कुनै तलव दिइएको छैन ।

तलव नदिने मात्र हैन घर मालिकले उनलाई शारीरिक तथा मानशिक यातना पनि दिने गरेको उनले हामीलाई उपलब्ध गराएको भिडियोमा बताएकी छिन । रातको २ बजे सम्म काम अर्हाएर पनि शारीरिक यातना दिने गरेको भन्दै उनले डराएको आवाजमा आफ्नो उद्दार गर्न सबै सामु अनुरोध गरिन ।

उनले पहिले पनि रबि लामिछानेको सिधा कुरा जनतासंग कार्यक्रममा सम्पर्क गर्न खोजिन तर असमर्थ भइन । अहिले पुन उद्दारको आश गर्दै यसरी भिडियो मेसेज हामीलाई पठाएकी छिन । उनको उद्दार गर्नको लागी यो भिडियोलाई रबि लामिछाने सम्म पुराउन धेरै भन्दा धेरै शेयर गर्नु होला ।

साभार ::  साझा पेज बाट गरिएको हो ।

(Visited 7 times, 1 visits today)

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*