जब विमानस्थलमा यात्रुको साथबाट एकझोला जिँउदा साङ्ला फेला पारियो, कारण सुनेर कर्मचारी र प्रहरी नै चकित

जेन्सी । के कुनै जिउँदो किरा पठ्यांग्रा बोकेर जहाजमा चढ्न पाइन्छ ? के तपाईले औषधीका लागी भन्दै किरा फट्याग्रा र साङ्ला लिएर हवाईजहाजमा यात्रा गर्ने सोचमा त हुनुहुन्न ?

यदि त्यस्तो तरिकाले यात्रा गर्दै हुनुहुन्छ भने होशियार । विमानस्थलमा जिउँदा रुपमा साङ्ला लिएर हवाईजहाजमा यात्रा गर्न पाइदैन । हालै एक जोडी एक झोला ज्यूँदो साङ्ला लिएर यात्रा गरिरहँदा अप्ठ्यारोमा परेको छ ।

घटना हो चीनको गुआंग्डोन बैयुन अन्तराष्ट्रिय विमानस्थलको । जहाँ एक प्रौढ दम्पत्तिले आफ्नी श्रीमतीको छालाको उपचारका लागी भनेर उक्त जिउँदा एक झोला साङ्ला बोकेर जाँदा अप्ठ्यारोमा परे ।

हातमा बोकेको सेतो झोला स्क्यान मेसिनले जाँच गर्दा त्यसभित्र केही कालो बस्तुहरु देखिएपछि प्रहरीले तत्कालै नियन्त्रणमा लिएर कारण सोध्दा झोलाभित्र २ सय गोटा साङ्ला फेला परे ।

ति पुरुसकी पत्नीको छालाको रोगमा लगाउने मलहममा यी साङ्लालाई पिँधेर नियमित रुपमा लगाउने भन्ने नवाफ दिइउपनि प्रहरीले ज्यूँदो साङ्ला लिएर यात्रा गर्न नपाइने भन्दै जफत गरेर राखेको खबर छ ।

(Visited 4 times, 1 visits today)

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*