कृत्रिम यौन अंगप्रति युवा युवतीको आर्कषण बढदो ।

कृत्रिम यौन अंगप्रति युवा युवतीको आर्कषण बढदो ।

द कण्डम हाउसले दमकमा नै पहिलो पटक विभिन्न ब्राण्डका कण्डम तथा सेक्स टोयहरु विक्रि वितरण गर्दै आइरहेको छ ।

दमक | केहि समय अघि सम्मपनि यौनको विषय खुलेर बोल्न पनि नचाहने हाम्रो समाजमा अहिले निकै परिर्वतन आइसकेको छ । चेतना स्तरको बिकाश भएसंगै यतिबेला कृत्रिम यौन अंगहरुमा युवा युवतीहरुको आर्कषण बढदै गएको पाईन्छ । हाम्रो समाजमा यौनका विषयमा खुलेर चर्चा परिचर्चा गरिनु परम्परा विपरित जस्तै ठानिने गरिएको भएपनि अहिले भने यो मान्यतामा निकै फेरबदल भइसकेको छ ।

पछिल्लो समयमा आएर यौनका विषयमा पनि मानिसहरुको चासो बढन थालेपछि विगत चार वर्षयता दमकमा नै पहिलो पल्ट द कण्डम हाउस संचालन हुदै आइरहेको छ । द कण्डम हाउसले दमकमा नै पहिलो पटक विभिन्न ब्राण्डका कण्डम तथा सेक्स टोयहरु विक्रि वितरण गर्दै आइरहेको छ ।

देश व्यापी रुपमा संचालनमा आएको द कण्डम हाउसले पहिलो पटक दमकमा शाखा विस्तार गर्दा पसल सम्मपनि मानिसहरु आउन लजाउने गरेका भएपनि अहिले भने अन्य ब्यवसाय सरह मानिसहरु आवश्य सामाग्री खरिदका लागि आउने गरेको दमक शाखा प्रमुख गोविन्द खतिवडाले बताउनुभयो । द कण्डम हाउस दमकले अहिले विभिन्न देशहरुमा निर्माण भएका ब्राण्डेड कण्ड देखी सेक्स टोय हरुका साथै कृर्तिम यौन अंगहरु समेत विक्रि गरिदै आएको खतिवडाले जानकारी दिनुभयो ।

अहिले सवैभन्दा बढि दैनिक १ सय ५० बट्टाको हाराहारी कण्ड र माशिक रुपमा दुइ चार पिस यौन अंग तथा सेक्स टोयहरु समेत विक्रि हुने गरेको छ । शिघ्र स्खलन रोक्ने, अति पातलो, काँडे, पुन प्रयोग गर्न मिल्ने, भाइब्रेटिङ, महिलाले प्रयोग गर्ने कण्डम, विक्रि धेरै बिक्रि हुने गरेको छ । यसका साथै महिला पूरुष दुबैकालागि कृत्रिम यौन अंग तथा सेक्स टोयको समेत विक्रि हुने गरेको छ । पसलमा अहिले आवश्यक सामाग्री खरिदकालागि महिला पुरुष दुबै आउने गरेको खतिवडा बताउनु हुन्छ ।

यस साथै महिलाहरुकालागि भाइब्रटर, सुख्खापन हटाउने लुब्स, सिलिकन रिङ्ग समेत बिक्रिहुने गरेको छ । विश्वका विभिन्न देशहरुमा निर्माण भएका २ हजार देखी १८ हजार मुल्य सम्मका कृत्रिम यौन अंगहरु तथा सेक्स टोयहरु विक्रि हुने गरेका छन ।

(Visited 12 times, 1 visits today)

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*