कमरेड केपी ओली जुयलाई १२ प्रश्न सहीतको खुल्ला पत्र! वामपन्थीहरुले अवश्य पढ्नुहोला

माननीय कमरेड केपी ओलीज्यू, पुर्वप्रधानमन्त्री तथा अध्यक्ष नेकपा एमाले,

आराम छैन तरपनि तपॉईको स्वस्थ जीवनको कामना गर्दछु । नेपालमा गणतन्त्र स्थापना देखी आजसम्म आईपुग्न तपॉईले खेलेको भुमीकाको ऊच्च कदर गर्दछु । बाम एकता गर्दै चुनावमा एेतिहासीक जित हॉशील गर्नुभयो यसमा पनि बधाई दिन चाहन्छु |

गोप्य मतदानमा मैले तपॉईलाई मत दिए दिईन यो खुलाऊन आवश्यक ठानिन तर तपॉईलाई भोट दिने विश्वाशपात्र केही कार्यकर्ताको मनको प्रश्न तपॉईमाझ राख्दैछु कृपया ईन्कार नगरी जवाफ दिनुहुनेछ भन्ने आशा राख्दछु । मैले केहि प्रश्न गर्छु बताई दिनुहोला :

१ . तपॉई राष्ट्रवादी की राष्ट्रघाती ? तपाईको सिदान्त केहो ? यदि तपाई राष्ट्रवादी हो भने, नेपाली कम्नियुष्टको सिदान्त छ भने,

२ .गुण्डागर्दी अन्त्य गर्छु भन्नु हुन्थ्यो दिपक मनाङेलाई जिताऊनु भयो किन ?

 

३ .राजतन्त्र बिरोधी भन्नुहुन्थ्यो नेपाली काङ्ग्रेस गणतन्त्रका सुत्रधार कृष्ण सिटौला हराऊन राप्रपाका राजतन्त्र सुत्रधार राजेन्द्र लिगंदेनलाई सहयोग गर्नुभयो किन ?

 

४ .भारतिय नाकाबन्दी र भारतसंग झुक्दिन भन्नुहुन्थ्यो नाकावंदी गर्न भारत पुकार्ने राजेन्द्र महतो संग गठबन्धन किन ?

 

५ .के राजन्द्र महतो पार्लिमेन्टमा नभई नहुने थियो या त्यॉहा बामको कोही ऊम्मेदवार थिएन ? ६ . पुलिस प्रशाशन सुधार्ने भन्दै नवराज सिलवाललाई जिताऊनुभयो तर पुलिसका हत्यारा कैलाली घटानाका अभियुक्त रेशम चौधरीलाई समर्थन कीन गर्नु भो ?

७ .के गगन थापा संग भिड्ने राजन भट्टऱाई भन्दा डिऊटीको एसपी लाई जिऊदै जलाऊने रेशम आवश्यक थियो ?

 

८ .कॉग्रेशलाई हराऊने मात्र चाहना हो भने आफ्नै पार्टीको मात्र चुनाव गरेको भए भैहाल्थ्यो नि जहॉ कांग्रेसका ऊम्मेद्वार नै थिएनन !

 

९ .बामदेबले प्रधानमन्त्रीको दाबी गर्नसक्छ भन्दै हराऊनुभयो अनि देशको लागी आवश्यक विश्वप्रकाश शर्मालाई पनि किन हराऊनुभयो ?

 

१० .कि हत्यारा अभियुक्तको पार्लिमेन्टमा तपॉई मात्र भए पुग्छ ?

११ .तपॉईको झुटमा फसेर भोट हालेकोमा दु:ख लाग्छ तपॉईले आफू प्र.म. बन्न र माओवादीले धोका दिदा पनि न मधेशवादीसंग मिलेर बहुमतको लिड गर्ने सपनाले नेपाली जनता एमालेमा रही रहन सक्दैनन तपॉईसगै एमाले सिध्याऊनुहुने भयो दु:ख लाग्छ एमालेको यो अन्तिम जित बनाईदिनु भयो ?

 

१२. तपॉईलाई के नपुग्दो थियो र देशको लागी एक मीनेट ऑखा चिम्लेर सोच्नुस प्लिज, एमालेका सपोर्टमा न्युज लेख्ने पार्टी पत्रकारलाई समेत यो केशले दु:खी बनाएको छ , बिचरा ति पत्रकारले कतिदिन ढाकछोप गर्ने तपॉईलाई? कतिदिन देऊवाको राम्रो कामको पनि बिरोध गर्ने ?

 

कृपया जितसंगै नमात्तिनुस सडकबाट सदन ढाल्नसक्ने पावर हामी नेपालीमा छ, सुर्यको झण्डा बोकेर तपॉईको राजिनमा माग गर्दै आन्दोलन गर्ने दिन नआओस् | राणा शाशन र राजतन्त्र ढाल्ने हामी तपॉई विरुद्द ऊत्रने दिन देख्न नपरोस !!! शुभकामना

तपॉईको शुभचिन्तक नेपालकी छोरी

(मेघ राना मगर बाट)

(Visited 5 times, 1 visits today)

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*