एक चम्चा नुन नै काफी हुन्छ सुन्दर अनुहार बनाउन, जान्नका लागि तल पढ्नुहोस्

प्राय जसो सबै पुरुष होस् वा महिला सबैलाई आफ्नु आनुहर राम्रो र चम्किलो होस् भन्ने हुन्छ । पिम्पल यसले सबै लाई सताई रहेको हुन्छ। कसरि छ त पिमप्ल बाट बच्ने घरेलु उपाय ?

बर्सातको मौसममा अनुहारमा पिम्पल आउनु सामान्य मानिन्छ । तर जसको छाला ओइली हुन्छ, त्यस्ता व्यक्तिले हरेक मौसममा पिम्पल आउने समस्यालाई झेल्नुपर्ने हुन्छ ।

 

कस्मेटिक उपायबाट केही समयका लागि यसलाई ठीक गर्न त सकिन्छ, तर केही समय पछि पुनः पिम्पल देखिन थाल्छ । यसको अतिरिक्त कस्मेटिक साह्रै महंगा पनि हुन्छन्, र यीनमा मिसाइको रसायनले छालामा नराम्रो असर पनि पार्छ ।

यो आलेखमा हामी तपाईलाई नुनको प्रयोगबाट सजिलै पिम्पल हटाउने उपायबारे बताउँदै छौं । जसलाई तपाईले नियमित रुपमा अपनाउनुभयो भने पिम्पलबाट सधैंका लागि छुटकरा पाउन सकिन्छ ।

यो एउटा उपायबाट तपाईले क्लीन्जिङ, स्क्रबिङ र मस्चराइजिङको फाइदा लिन सक्नुहुन्छ । जसलाई छालाको पूर्ण देखभाल मानिन्छ । कुनै सिसाको भाँडोमा एक चम्मच नुन राख्नुहोस । त्यसमा सोही मात्रामा मह सिसाएर दुई मिनेटका लागि पर्खनुहोस् ।

त्यसपछि अनुहारलाई सफा पानीले पाखाल्नुहोस् र अनुहारलाई सुक्न दिनुहोस् । त्यसपछि नुन र महको मिश्रण अनुहारमा लगानुहोस् ।

फेरि हातलाई सफा पानीमा हल्का भिजाउनुहोस् । भिजेको हातले अनुहारमा सर्कुलर मोशनमा विस्तारै स्क्रबिङ गर्नुहोस् । कम्तिमा ५ मिनेट स्क्रबिङ गरेर अनुहारलाई नर्मल पानीले धुनुहोस् ।

एक हप्तामा कम्तिमा दुईपटक यस्तो गर्नुहोस् । नुन एक एन्टी ब्याक्टेरियल प्राकृतिक क्लीन्जर हो । यसले गहिराइमा गएर त्वचाको सफाइ गर्छ । र ब्याक्टेरियाको नाश गर्छ ।

यस्तै मह प्राकृतिक मस्चराइजर हो । जसले छालालाई नरम बनाउनुका साथै छालामा निखार पनि ल्याउँछ ।

(Visited 17 times, 1 visits today)

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*