
द्धन्द कालमा थुप्रै सेनाले हतियार सहित र हतियार बिहिन रुपमा सैनिक सेवा छाडेर कोहीले राजीनामा दिए त कोही भागेर माओवादीमा गए त कोही विदेश ।
२०६२ सालमा सैनिक सेवाबाट भागेर माओवादीमा प्रवेश गरेका मोरगंका झल कुमार भगतलाई १२ वर्ष पछि सेनाले नियन्त्रणमा राखेको स्वीकारेको छ ।
केही दिन अघि बिराटनगरको एउटा स्थानीय पत्रिकामा भगत वेपत्ता भनेर समाचार छापिए पछि बल्ल सेनाले विज्ञप्ति जारी गरी भगत २०६२ साल मंसीर ४ गते सेनाबाट भगौडा भएको खुलेकाले प्रहरीबाट सैनिक नियन्त्रणमा राखेर अनुसन्धान गरीरहेको जनाएको छ ।
सुत्रका अनुसार भगतले एउटा राईफल र केही गोली सहित भोजपुर ब्यारेकबाट रातको समयमा ड्युटी बसिरहदा भागेका भगत माओवादीमा गई हाल सम्म उनी माओवादीमा रहदै आएका थिए ।
प्रतिनिधि र प्रदेश सभा निर्वाचनको समयमा उनलाई प्रहरीले पक्राउ गरेको थियो ।
Be the first to comment